११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीको टोखा र बिजेश्वरीमा एक एक जना मृत फेला



काठमाडौं
११ कात्तिक । राजधानीको टोखा र बिजेश्वरीमा एक एक जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको टोखा नगरपालिका ३ सूर्यदर्शन हाईट बस्ने नुवाकोट बिदुर नगरपालिका ९ घर भएका ४९ वर्षीय दिपक खड्का आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं महानगरपालिका १५ बिजेश्वरी डेरा गरी बस्ने दोलखा वैतेश्वरी गाउँपालिका १ घर भएका ३० वर्षीय अरूण लामा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  १ : ५१ बजे