११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको मच्छेगाउ नयाँबस्तीमा दशैंको मौका छोपी चोरी



काठमाडौं
११ कात्तिक । काठमाडौंको मच्छेगाउ नयाँबस्तीमा दशैंको मौका छोपी घरमा कोही नभएको बेला चोरी भएको छ ।
प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका ९ मच्छेगाउ नयाँबस्ती बस्ने दुर्गाराज बरालको घरमा कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडी नगद तथा जिन्सी समेत गरी करिब ३ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  २ : ०३ बजे