१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्तर्राष्ट्रिय


नेपालमा भुकम्प गएपछि भारतका प्रधानमन्त्री मोदी दुःखी



काठमाडौँ
१८ कात्तिक । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पबाट नेपालमा भएको जनधनको क्षतिबाट आफू दुखी भएको बताएका छन् । प्रधानमन्त्री मोदीले नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जाहेर गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदीले नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न भारत सरकार तत्पर रहेको बताएका छन् ।

भूकम्पमा परी ज्यान गुमाएका परिवारजनप्रति समवेदना व्यक्त गर्दै प्रधानमन्त्री मोदीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ३ : ०२ बजे