१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्तर्राष्ट्रिय


चीनमा शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या ११६ पुग्यो



एजेन्सी । उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ११६ पुगेको छ भने २२० जना घाइते भएका छन्। चिनियाँ अधिकारीका अनुसार गान्सु प्रान्तमा मध्यराति ६.२ म्याग्निच्युडको भूकम्प गएको र छिमेकी प्रान्त छिङहाइमा पनि धक्का महसुस भएको छ।

यसैबीच दोस्रोपटक छिमेकी प्रान्त सिनजियाङमा पनि भूकम्प गएको बीबीसीले जनाएको छ। उक्त ५.५ म्याग्निच्युडको भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन।
चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको सबैभन्दा गरिब क्षेत्रमध्ये एक गान्सुमा पूर्ण उद्धार प्रयास गर्न निर्देशन दिएका छन्।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ५ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।