२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सोल्टिमोडमा सेनाका लेस नायक मृत भेटिए



१८ कात्तिक । काठमाडौँ महानगरपालिका वडा नम्बर १३ सोल्टिमोडस्थित दरबार बैंकेटअगाडि सडक पेटीमा नेपाली सेनाका लेस नायक मृत अवस्थामा भेटिएका छन्।
गणेश दल गण जंगीअड्डा भद्रकालीमा कार्यरत लेस नायक वर्ष २६ का सुमन कार्की सडकमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ ।
उनकाे काठमाडौँकै चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ घर भएका उनको साथमा नेपाल आर्मीको आईडी कार्ड भेटिएको छ।
बिहान सवा ६ बजेतिर मानिस मृत भेटिएको भन्ने खबर आएपछि प्रहरी घटनास्थल पुगेको हो।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ३ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।