२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मन्त्री दुलालका सुरक्षा अधिकारी झुण्डिएर मृत अवस्थामा फेला



हेटौँडा
२१ कात्तिक । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका सुरक्षा अधिकारी झुण्डिएर  मृत अवस्थामा फेला परेका छन् ।
नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदीलाई हेटौँडा ११ स्थित सहिद स्मारक नजिक पेटीको पासो लगाइएझुण्डिएर   झुण्डिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

धादिङ खानीखोला इलाका प्रहरी कार्यालयमा दरबन्दी रहेर हाल मन्त्री दुलालको सुरक्षागार्डका रुपमा काम गर्दै आएका सुवेदी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।
सुवेदीलाई ‘मर्निङवाकमा’ जानेहरुले रुखको फेदमा बसेको र घाँटीमा कम्मरमा बाँधिने पेटीले पासो लगाएको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ३ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।