२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कौशलटारमा भेटिएको चितुवालाई चिडियाखाना ल्याइयो



२४ कात्तिक । भक्तपुरको कौशलटारमा फेला परेको चितुवालाई उद्धार गरी चिडियाखाना लगिएको छ । शुक्रबार बिहान मध्यपुरठिमी नगरपालिका-३ स्थित प्रबिन पेट्रोल पम्प पछाडि २ वटा घरको चेपमा लुकेर बसेको अवस्थामा एउटा वयस्क चितुवा फेला परेको थियो ।

एक्कासी बस्तीमा आइपुगेको चितुवाले आक्रमण गर्दा दुई जना घाइते भएका छन् । लगत्तै डिभिजन वन कार्यालय काठमाडौं र भक्तपुरको टोलीले डार्ट हानेर चितुवालाई नियन्त्रणमा लिएका हुन् ।

चितुवा नियन्त्रणका लागि काठमाडौंका वन अधिकृत अशोक पराजुली नेतृत्वको टोली खटिएको थियो । टोलीमा जमदार युवराज कार्की र पशु चिकित्सक आशुतोष भट्ट पनि थिए । बन कार्यालयले नियन्त्रणमा लिएको चितुवालाई उद्धार गरी जावलाखेलस्थित चिडियाखाना लगिएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठककाअनुसार चितुवाको आक्रमणबाट स्थानीय ६५ वर्षीय अमृता कँडेल र ३३ वर्षीय संगिता आलेमगर घाइते भएका छन् । उनीहरुलाई उपचारकालागि मध्यपुर अस्पताल लगिएको छ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ७ : ५९ बजे