काठमाडौं
२४ कात्तिक । राजधानीको स्वयम्भूमा मोटरसाइकल भयानक दुर्घटना भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १५ स्वयम्भू चमतीस्थित सडकमा प्रदेश ३ –०१–२३ च ०४७० नम्बरको गाडीले बाग्मती प्रदेश ०२–०४४प १७६८ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार धादिङ ज्वालामुखी गाउँपालिका २ घर भई हाल काठमाडौं बानियाँटार बस्ने २५ वर्षीय सुजन तामाङको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको क्षेत्रपाटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको उपचारको लागि वीर अस्पताल पठाइएको छ ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२५ कार्तिक २०८०, शनिबार
640
Shares








प्रतिक्रिया