५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जुवा खेलेको आरोपमा काभ्रेबाट १३ जना पक्राउ



२५ कात्तिक ।जुवातास खेलेको आरोपमा प्रहरीले काभ्रेको धुलिखेलबाट १३ जनालाई पक्राउ गरेको छ। शुक्रबार साँझ धुलिखेल नगरपालिका ४ स्थित युनिक भोजनालयको कोठा नम्बर १०१ मा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

होटलमा केही मानिस जम्माभई जुवातास खेलिरहेको भन्ने काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट ४ लाख ४२ हजार ३५० रुपैयाँ बरामद भएको काभ्रे प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ४ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।