११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको नागार्जुनमा कौडा खेल्ने २२ जना पक्राउ



काठमाडौं

२७ कात्तिक । काठमाडौंको नागार्जुनमा कौडा खेल्ने २२ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार काठमाडौं नागार्जुन नगरपालिका ३ एकधारा बस्ने केशव अधिकारीको घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका ८ बस्ने ४० वर्षीय श्याम बाबु तामाङ समेत २२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ९२ हजार ५ सय ५० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो ।
प्रहरीले नीजहरुलाई कारवाही प्रकृया सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  १२ : २२ बजे