२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


काभ्रेपलाञ्चोक चौरीदेउरालीमा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु,एक घाइते



२८ कात्तिक । काभ्रेपलाञ्चोक चौरीदेउरालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका ६ बोक्से काभ्रेबगरमा बा.३४ प ८४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल पाखामा खसेपछि दुर्घटना भएको हो ।
सोमबार दिउँसो दुर्घटनामा मोटरसाइकल सवार सोही ठाउँ बस्ने ४५ वर्षीया गोमा चौलागाईको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गोमाकै श्रीमान ४८ वर्षीय दिल्ली प्रदाद चौलागाईलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ५ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।