११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको बालकोटमा लक्ष्मी पूजामा राखेको १७ लाखको गहना र नगद चोरी



भक्तपुर
२८ कात्तिक । भक्तपुरको बालकोटमा लक्ष्मी पूजामा राखेको १७ लाखको गहना र नगद चोरी भएको छ ।
प्रहरीका अनुसार सूर्यबिनायक नगरपालिका २ बालकोट शिब मार्ग डेरा गरी बस्ने रामेछाप सुनापती गाउँपालिका घर भएकी ४२ वर्षीया सरुना दाहालको पुजा कोठामा लक्ष्मी पुजाको लागि राखेका विभिन्न सुनका गरगहना र नगद ४५ हजार रुपैयाँ गरी १७ लाख ८८ हजार रुपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको हो ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ५ : १८ बजे