११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


२० दिनमा उपत्यकामा २६६ दुर्घटना, ७ जनाको मृत्यु



३० कात्तिक । कात्तिक ११ देखि ३० गतेसम्मको अवधिमा काठमाडौं उपत्यकामा २६६ वटा दुर्घटना भएको छ । यी दुर्घटनाहरुमा ७ जनाको मृत्यु भएको छ भने ३३० जना घाइते भएका छन् ।

उपत्यका प्रहरी कार्यालयका अनुसार ७४ वटा सवारी साधन आफैं दुर्घटनामा परेको हो भने १९२ वटा दुर्घटना अन्यसँग ठोक्किएर भएको हो । काठमाडौंमा आफैं दुर्घटनामा पर्ने गाडीको संख्या ३९ छ भने ९४ वटा अरुसँग ठोक्किएर भएको छ ।

ललितपुरमा १९ वटा आफैं दुर्घटना र ३० वटा अरुसँग ठोक्किएर दुर्घटना भएको छ । भक्तपुरमा १६ वटा आफैं दुर्घटना भएको छ र ६८ वटा अरुसँग ठोक्किएर भएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  १ : २३ बजे