११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सितापाईला र गोकर्णेश्वरमा एक एक जना मृत फेला



२ मंसिर । काठमाडौंको सितापाईला र गोकर्णेश्वरमा एक एक जना मृत फेला परेका छन् ।

प्रहरीका अनुसार काठमाडौं नागार्जुन नगरपालिका ४ सितापाईलास्थित सेल्सबेरी डिपार्टमेन्ट स्टोर अगाडि हाल नाम, थर, वतन नखुलेका शिव भनेर चिनिने अन्दाजी ५० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका ६ बेशिगाउँ डेरा गरी बस्ने संखुवासभा मादी नगरपालिका–५ घर भएका ३८ वर्षीय कैलाश शेर्पा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ३ : ४५ बजे