३ मंसिर । मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्। रोङ– ३ अर्याल चोकनजिकै ना ६ ख ८४२४ नम्बरको बस दुर्घटना हुँदा ३७ जना घाइते भएका प्रहरीले जनाएको छ।
बस सडकबाट करिब डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए। उनका अनुसार जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगु नेतृत्वको टोलीले घाइतेको उद्धार गरी विभिन्न अस्पताल पठाएको छ।
प्रहरी उपरीक्षक खतिवडाका अनुसार उक्त बसमा जनकपुरबाट कन्यामसम्म शैक्षिक भ्रमणमा आएको टोली सवार थियो। कन्याम आइपुगेर फर्कने क्रममा बस दुर्घटना भएको हो।








प्रतिक्रिया