८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


टिकटक प्रतिबन्धविरूद्ध माइतीघरमा प्रदर्शनी



४ मंसिर। काठमाडौं माइतीघर मण्डलमा सरकारले टिकटक प्रतिबन्ध गरेको विरोधमा साेमबार युवाहरु प्रदर्शनमा उत्रिएका छन्। सरकारले गरेको टिकटक प्रतिबन्ध फिर्ता हुनुपर्ने भन्दै प्रयोगकर्ता आन्दोलित भएका हुन्। उनीहरूले टिकटक होइन भ्रष्टाचार नियन्त्रण गर्नु पर्ने, जाजरकोटमा ध्यान दिनु पर्ने जस्ता प्ले कार्ड लिएर प्रदर्शनी गरेका थिए।

उनीहरूले टिकटक प्रयोग गर्न पाउनु नागरिककाे अभिव्यक्ति स्वतन्त्रता भएकाे बताएका छन्। उनीहरूले टिकटकरसँग नडराउन सरकारलाई सुझाएका छन्। टिकटकमा लगाएकाे प्रतिबन्ध तत्काल हटाउन पनि उनीहरूकाे माग छ। सरकारले कात्तिक २७ गते सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै नेपालमा त्यसको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ८ : ५० बजे