२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भोलि अत्यावश्यक काममा मात्रै सवारी साधन लिएर निस्कन ट्राफिक प्रहरीको अनुरोध



६ मंसिर । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काम परे मात्रै मंसिर ७ गते बिहीबार सवारी साधन लिएर निस्किन आग्रह गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै भोलि अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन अनुरोध गरेको हो ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा भोलि ७ गते विभिन्न समूहले ऱ्याली जुलुसका साथै विरोध प्रर्दशन गर्ने भएकाले उपत्यकाभरि सवारी आवगमनमा असहजता हुन सक्ने कार्यालयले जनाएको छ ।

सूचनामा भनिएको छ, ‘काठमाडौं उपत्यकाभर सवारी आवगमनमा असहजता सिर्जना हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कनु हुन र सडकमा निस्किनभन्दा पहिले १०० वा १०३ मा फोन गर्नु हुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनेर सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन हुन अनुरोध छ ।’

 

नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले बिहीबार काठमाडौंमा प्रदर्शन गर्न लागेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  २ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।