७ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को प्रदर्शनमा १ सय ५९ सेल अश्रुग्यास प्रहार भएको प्रहरीले बताएको छ।
बिहीबार दिउँसो काठमाडौंको बल्खुमा भएको प्रदर्शनका क्रममा भएको झडप नियन्त्रण गर्नका लागि प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो।
प्रहरीले सार्वजनिक गरेको सुरक्षा योजना र कार्यान्वयन सम्बन्धी विवरणमा वाटर क्याननबाट पानीको फोहोरा, १५७ सेल अश्रुग्यास र ५ राउन्ड रबरको गोली प्रहार गरिएको उल्लेख गरिएको छ।
प्रारम्भिक विवरण अुनसार प्रहरीको ३ वटा मेघाफोन, शिल्ड–११ थान, हेल्मेट–३ थान र वाटर क्याननमा समेत क्षति पुगेको छ।
प्रहरीका अनुसार प्रदर्शनकारीतर्फ २३ जना सामान्य घाइते भएका थिए। तीमध्ये १७ जना उपचार पश्चात डिस्चार्ज भइसकेका छन्।








प्रतिक्रिया