२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


आजदेखि राजधानीमा द्रुत बस सेवा पुनः शुरु, ३६ बसले सेवा दिने



१० मंसिर । द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आउने भएको छ । भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म द्रुत बसले सेवा दिने छ । निजी सवारी साधन नभएकालाई सार्वजनिक यातायातमा आकर्षित गर्नका लागि सुरु गरिएको सेवामा ३६ बसले यात्रु ओसार्ने छन् ।

यसका लागि सडक पुनः रङरोगन गरिएको छ । ठाउँ ठाउँमा बोर्ड थपिएका छन् । ११ वटा बस थपेर सेवालाई थप प्रभावकारी बनाइएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।

दसैं तिहारमा यात्रुको चाप कम हुने भएकाले एक महिना सेवा स्थगित गरिएको उनको भनाई छ । मन्त्री ज्वालाका अनुसार बिहान र बेलुकाको पिक आवरमा हरेक तीन मिनेटमा बस छुट्ने छन् ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ३ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।