२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंका विभिन्न ठाँउमा बिहीबार विद्युत् आपूर्ति बन्द



१३ मंसिर । नेपाल विद्युत् प्राधिकरणले बिहीवार भोलि काठमाण्डौका विभिन्न ठाउँमा विद्युत् आपूर्ति रोकिने जनाएको छ । टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाएको छ । भोलि बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाएको हो ।

प्राधिकरणका अनुसार कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल, कलश अपार्टमेन्ट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ४ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।