३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘समलिंगी विवाह’ दर्ता गर्ने नेपालमै पहिलो बन्यो दोर्दी गाउँपालिका



१३ मंसिर । लमजुङको दोर्दी गाउँपालिका समलिंगी विवाह दर्ता गर्ने नेपालकै पहिलो पालिका बनेको छ। समलिंगी विवाह गरेका दोर्दी गाउँपालिका– २ का रामबहादुर गुरुङ (मायाँ) र नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र पाण्डेको बुधबार गाउँपालिकाले विवाह दर्ता गरेको हो।

उनीहरुको बुधबार गाउँपालिकामै समलिंगीको विवाह दर्ता भएको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए । गाउँपालिकाले विवाह दर्ता गर्न नमानेपछि उनीहरुले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा उजुरी गरेका थिए । विभागले सर्वोच्च अदालतको आदेश अनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  २ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।