९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भुटानी शरणार्थी प्रकरणः चार जनालाई सम्पत्ति शुद्धीकरण विभागमा बुझाइँदै



१८ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतले धरौटी बुझाएका तीनसहित चार जनालाई आज सम्पत्ति शुद्धीकरण विभागमा बुझाउन लागेको छ ।
उच्च अदालत पाटनले शुक्रबार धरौटीमा छाड्न आदेश दिए पनि केन्द्रीय कारागारमा रहेका तीन जना आरोपितले आइतबार धरौटी बुझाएर पनि रिहा भएनन् ।
तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, हज कमिटीका अध्यक्ष शमशेर मियाँ र हरिभक्त महर्जनले आइतबार धरौटी बुझाएका थिए ।
उच्च अदालत पाटनले शुक्रबार गरेको आदेश सो दिन ढिलो भएको र शनिबार सार्वजनिक बिदा परेकाले हिजो बिहान काठमाडौं जिल्ला अदालतमा उनीहरूलाई धरौटीमा रिहा गर्न आदेशसहितको फाइल पठाएको थियो ।

काठमाडौं जिल्ला अदालतका अनुसार आइतबार नरेन्द्र केसी र शमशेर मियाँले समान १० लाख रुपैयाँ र हरिभक्त महर्जनले १५ लाख रुपैयाँ बुझाएका थिए । तर, उनीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेकाले आइतबार रिहा नगरिएको र आज उनीहरू तीनै जनालाई आज कार्यालय खुलेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउन लागिएको हो ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ५ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।