२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पशुपतिमा शव सदगद् गर्ने व्यक्ति बालिका बलात्कारको आरोपमा पक्राउ



१८ मंसिर । पशुपतिमा शव सदगद् (व्यवस्थापन) गर्ने व्यक्तिले ४ वर्षीया बालिकालाई बलात्कार गरेको खुलेको छ। ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विगत १२ वर्षदेखि पशुपतिमा शव सदगद् गर्दै आएका सुमन खरेललाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाइएको छ। काभ्रेको भुम्लु गाउँपालिका–८ घर भई भएका खरेललाई पक्राउ गरेर बलात्कार कसुरमा मुद्दा चलाइएको हो।

खरेलले गत कात्तिक २३ गते ४ वर्षीया बालिकाको मुखमा ‘सेक्स’ गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। पिंगलास्थानस्थित एक पसलको शौचालयमा खरेलले ती बालिकालाई बलात्कार गरेको बताइएको छ।

पिंगलास्थानको एक पसलमा मदिरा सेवन गरेका खरेलले खेल्दै गरेकी ४ वर्षीया बालिकालाई समातेर जबरजस्ती उनको मुखमा लिंग छिराएर बलात्कारर गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ।

खरेलले समेत बयानमा उक्त कुरा स्वीकार गरेका छन्। कात्तिक २३ गते दिउँसो २ बजेतिर पिंगलास्थानमा पोर्न भीडियो हेर्दै आफूले मदिरा सेवन गरेको खरेलले बताएका छन्। सो क्रममा पिसाब फेर्न शौचालय जाने क्रममा शौचालय अगाडि ४ वर्षीया बालिकालाई बलात्कार गरेको उनले बयानमा स्वीकारेका छन्।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ९ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।