२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकीकृत समाजवादीको महाधिवेशन जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने



१९ मंसिर । नेकपा एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठमा हुने भएको छ । सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले माघका लागि तोकिएको महाधिवेशन जेठमा सार्ने निर्णय गरेको हो । बैठकले पार्टीको महाधिवेशन अर्को वर्ष जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसअघि एकीकृत समाजवादीले आउँदो माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । प्रवक्ता खतिवडाका अनुसार सचिवालयको बैठकले १४ र १५ माघमा राष्ट्रिय सम्मेलन गर्नेछ ।

राष्ट्रिय सम्मेलनमा विधानको केही व्यवस्थाबारे छलफल गर्नका लागि उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको एक कार्यदल पनि बनाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १० : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।