११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


टोखा र महाराजगंजमा जुवातास खेलिरहेको १४ जना पक्राउ



काठमाडौं
१९ मंसिर । काठमाडौंको टोखा र महाराजगञ्जमा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको तार्केश्वर नगरपालिका ७ बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका १२ घर भएका ५५ वर्षीय अचुत सिलवाल समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको
हुन् ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ५ सय ९५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको थियो ।
यसैगरी काठमाडौं महानगरपालिका ३ महाराजगंजस्थित टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं चक्रपथ बस्ने काभ्रे घर भएका ६० वर्षीय ओम कृष्ण श्रेष्ठ समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५ सय ६० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ३ : १० बजे