२१ मंसिर । काठमाडौँ उपत्यकामा बिहीबार चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोअस्तिको तुलनामा उपत्यकामा आज दिउँसो चिसो बढेको हाे ।
आज दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौँ उपत्यकाको तापक्रम १५ डिग्री छ। यो हिजोभन्दा ५ डिग्री कम हो।
यतिबेला काठमाडौँ उपत्यकामा हुस्सु लागेको छ। भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभावले यस्तो भएको हो। यसको प्रभाव पूर्वतिर अझ बढी छ।
२१ मंसिर २०८०, बिहिबार
86
Shares
प्रतिक्रिया