२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


खुलालटारमा पैदलयात्रीलाई ठक्कर दिने कार र चालक पक्राउ



२१ मंसिर । शंखरापुर नगरपालिका–९ खुलालटारमा पैदलयात्रीलाई ठक्कर दिएको घटनामा संलग्न कार र कारका चालकलाई पहिचान गरी प्रहरीले पक्राउ गरेको छ।
मंसिर १८ गते साँझ करिब पौन ७ बजेतिर खुलालटारस्थित सडकखण्डमा नम्बर प्लेट नखुलेको कारले पैदलयात्रीलाई ठक्कर दिइ फरार भएको थियो। इन्द्रायणीबाट साँखुतर्फ जाँदै गरेको सेतो रंगको कारले ठक्कर दिँदा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ ताप्के डाँडा घर भइ खुलालटार बस्दै आएका अन्दाजी ४० वर्षीय रेतबहादुर तामाङ गम्भीर घाइते भएका थिए।
घाइते तामाङको उपचारका लागि वीर अस्पताल पठाइएकोमा उपचारका क्रममा उनको राति ८ बजेर २० मिनेटमा मृत्यु भएको थियो।
उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले चालकलाई पक्राउ गर्नुका साथै कारलाई पनि नियन्त्रणमा लिएको छ।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले चाबहिलबाट बागमती प्रदेश–०१–०२६ च ६४०८ नम्बरको कार र त्यसका चालक शंखरापुर–६ सुनटोलका ४५ वर्षीय जयनारायण श्रेष्ठलाई पक्राउ गरेको छ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ११ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।