२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बालाजुमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु



काठमाडौं
२१ मंसिर । बालाजुमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा स्कुटरमा सवार एक जना यात्रुको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ बनस्थली ढुङ्गेधारास्थित सडकमा ना.८ ख ३५०१ नम्बरको ट्रक र बाग्मती प्रदेश ०२–०३१ प ४९४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटरमा सवार नागर्जुन नगरपालिका १ रानिबन बस्ने २३ वर्षिय बिशाल लामाको बुधबार मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ओमसाई बाबा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रकृया अघि बढाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ५ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।