२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


त्रिभुवन विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुईजना पक्राउ



काठमाडौँ
२२ मङ्सिर । त्रिभुवन विमानस्थल, भन्सार कार्यालयले विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ ।
कार्यालयको टोलीले गए राति फ्लाइ दुबईको उडान नं एफजेड ५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई पक्राउ गरेको हो ।

कार्यालयका भन्सार अधिकृत रमेश कुँवरले घलेले छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाई ल्याएको सात थान बिस्कुट आकारको १४ किलोग्राम सुनसहित (सुनजस्तो देखिने पहेलो धातु) पक्राउ गरिएको राससलाई जानकारी दिएका छन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले घलेका सूचनाका आधारमा थप एक जनालाई पक्राउ गरिएको बताए ।
पक्राउ परेका घलेलाई निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन, २०६४ अन्तर्गत भन्सार महसुल छली तथा चोरी पैठारी कसुर गरेकाले थप अनुसन्धानका लागि कार्यालय खुलेसँगै त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा बुझाउने गरी प्रहरी प्रभाग कोटेश्वरको जिम्मा लगाएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताएका छन् ।

 

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ३ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।