२५ मंसिर । संसद सचिवालयको महासचिवमा पदमप्रसाद पाण्डेयको नाम राष्ट्रपतिसमक्ष सिफारिस भएको छ । प्रतिनिधि सभाका सभामख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयको नाम सिफारिस गरेका हुन् ।
यसअघि संसद सचिवालयका महासचिव रहेका डा. भरतराज गौतमले आइतबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएसँगै पाण्डेयको नाम सिफारिस गरिएको हो । पाण्डेय हाल प्रतिनिधि सभाको सचिव छन् ।
सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानूनी व्यवस्था छ ।








प्रतिक्रिया