९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ग्वार्कोमा दिनभर तनावग्रस्त, ६ राउन्ड अश्रुग्यास प्रहार



२५ मंसिर । ललितपुर बालकुमारी ग्वार्कोस्थित ईपीएस कार्यालयमा सोमबार दिनभर तनाव भएको छ। ईपीएस शाखा कार्यालयले मेनुफेक्चर (औद्योगिक) तर्फ निकालेको आवेदनमा हालसालै सीप बिल्डिङतर्फको परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई अन्याय भएको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका थिए। प्रदर्शनमा करिब साढे २ सय विद्यार्थीको सहभागी थिए।

ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहका अनुसार स्थिति नियन्त्रणमा लिनका लागि ६ राउन्ड अश्रुग्यास प्रहार गरिएको थियो। बिहान साढे १० बजेबाटनै सो समूह भेला भई त्यहाँ नाराबाजी सुरु गरेका थिए।

नाराबाजीपछि केहीबेर झडपको अवस्था सुरु हुन थालेको थियो। त्यसपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको शाहले बताए।

 

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ४ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।