५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा ईः को विरुद्धमा उत्रिए स्थानीय, फुटपाथ हटाउन माग गर्दै प्रदर्शन



२६ मंसिर । ललितपुर महानगरपालिकामा स्थानीयले मंगलबार प्रदर्शन गरेका छन् । फुटपाथ हटाउन माग राख्दै उनीहरुले ललितपुर महानगरमा प्रदर्शन गरेका हुन् । स्थानीयले महानगरको कार्यालय पुल्चोक अगाडि प्रदर्शन गरिरहेका छन् ।

यता अभियान्ता ईः ले साँझ–बिहान फुटपाथ व्यापर हटाउने ललितपुर महानगरपालिको निर्णय फिर्ता गर्न आह्वान गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले निर्णय निर्णयमा पुनर्विचार गर्न आह्वान गरेका हुन् ।

ईः ले महानगरपालिकाको निर्णयविरूद्ध मंगलबार दिउँसो ३ बजेदेखि १०८ घण्टा उभिने जानकारी दिएका छन् । मंसिर १९ गते महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार गर्न रोक लगाएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ९ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।