३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘संकल्प यात्रा’मा सहभागी सांसद भगबती चौधरीको गाडीमा आक्रमण



काठमाडौं
२८ मंसिर । नेकपा (एमाले) को संकल्प यात्रामा सहभागी फर्कदै गरेको अवस्थामा संघीय सांसद भगबती चौधरी सवार गाडीमा आक्रमण भएको छ ।

नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी नेतृ भगबती चौधरी सवार स्करपियो गाडीमा आक्रमण भएको हो ।

उदयपुरको घुर्मीमा नेकपा एमालेले मंगलबार गरेको ‘संकल्प यात्रा’ कार्यक्रमपछि पारिवारिक शोकका कारण अकस्मात् सुनसरी फर्कने क्रममा सांसद चौधरी सवार गाडीमाथि उदयपुरको चौदन्डीगढीमा राति करिब ९ बजेर २३ मिनेट जाँदा अज्ञात व्यक्तिहरूले आक्रमण गरेका हुन् ।

आक्रमणमा नेतृ चढेको स्करपियोको ड्राइभर साइट तर्फको लुकिङ ग्लास र सिसा फुटेको छ । घटना घट्ने बित्तिकै स्थानीय तथा प्रहरीलाई सहयोग मागेपछि जनपद प्रहरी र सशष्त्र प्रहरीले स्कर्टिङ गरि चौधरीलाई गृह जिल्ला पठाएको थियो ।
चौधरीमाथि कसले किन आक्रमण गर्याे खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान अन्तरगत उदयपुरको घुर्मीको कार्यक्रमसँगै खोटाङ, भोजपुर संखुवासभा हुँदै तेह्रथुम सम्मको अभियानमा सहभागी हुन गएकी चौधरीलाई सोहि दिन पारिवारिक शोक समेत परेको थियो ।
नेतृ चौधरीका जेठाजू (मुकेश चौधरी) को ह्दयघातका कारण निधन भएको थियो । दिवंगत चौधरीको आज पशुपति आर्यघाटमा अन्त्येष्ठि गरिएको छ ।

कोशी प्रदेशमा पहिचान पक्षधरहरूले कोशी प्रदेस नामांकनमा असहमति जनाउँदै नेकपा एमालेका नेता, सांसद तथा कार्यकर्ताहरूमाथि आक्रमण गर्दै आइरहेका छन् ।
एमालेको संकल्प यात्रालाई अवरोध गर्न खोजिएको थियो । सो क्रममा मंगलबार मात्रै गोपाल किराती सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ३ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।