१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जसपा प्रदेश सांसद अभिरामलाई जन्मकैदको फैसला, एमाले सांसद कोइरीलाई सफाई



२८ मंसिर । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले लोसपाका मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मालाई जन्मकैदको फैसला सुनाएको छ।

यस्तै, अदालतले नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई भने सफाई दिएको छ।

न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले जसपा प्रदेश सांसद् अभिरामलाई जन्मकैद तथा एमाले सांसद् कोइरी र पवन कापरलाई सफाई दिने फैसला गरेको हो।

यस्तै, इजलासले प्रदेश सांसद अभिरामसहित प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा ज्यानसम्बन्धी कसुर गरेकोले सोही १३(३) बमोजिम जन्मकैद सजाय सुनाएको छ। अन्य आरोपितको हकमा मुल्तवीमा राखिएको छ।

यो प्रकरणमा एमालेका प्रतिनिधिसभा सदस्य कोइरीसहित २८ जनाविरुद्ध जिल्ला अदालत महोत्तरीमा कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगो लगाएको मुद्दा ०७२ फागुन २७ गते दर्ता भएको थियो।

जसमध्ये प्रदीप साह, सञ्जयकुमार साह र पवन कापर थुनामा छन् भने कोइरी, मोहन ठाकुर तारेख गुजारी फरार थिए।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  १ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।