२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


खाँणले बुझाए ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी



२९ मंसिर । नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपी नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले काठमाडौं जिल्ला अदालतमा पुगेर धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गरेका छन् ।

खाँणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएसँगै प्रक्रिया पुर्‍याउनका लागि जिल्ला अदालतमा उपस्थित गराइएको हो । खाँणले अदालतमा ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएका हुन् ।

अब सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि मात्र खाँणलाई छोडिने छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ८ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।