२९ मंसिर । भक्तपुरको नगरकोटमा शुक्रबारदेखि जिपलाइन सञ्चालनमा आएको छ। चाँगुनारायण नगरपालिका-६ र ७ मा फैलिएको २ हजार २५० मिटर लामो जिपलाइन शुक्रबारदेखि सञ्चालनमा आएको हो।
उक्त जिपलाइन नेपालकै लामो रहेको दाबी गरिएको छ। पर्यटनमन्त्री सुदन किराँतीले उद्घाटन गर्दै नगरकोटमा जिपलाइन सञ्चालनमा आएसँगै यसले नेपालको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने बताए।
नगरकोटमा केदार थापा, प्रेम बहादुर बस्नेत लगायतको समूहले उक्त जिपलाइन सञ्चालन गरेका हुन्। नेपालमा आउने पर्यटकहरूमध्ये ९० प्रतिशत नगरकोट आउने भएकाले उनीहरूलाई लक्षित गरी जिपलाइन सञ्चालनमा ल्याइएको थापाले बताए। जिपलाइन बनाउन करिब १५ करोड रूपैयाँ खर्च भएको बताइएकाे छ ।
प्रतिक्रिया