११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


शनिबार त्रिभुवन विमानस्थलबाट ५५ किलो गाँजा र बलम्बुबाट २५ किलो चरेस बरामद



काठमाडौँ
३० मङ्सिर । शनिबार एकै दिन प्रहरीले त्रिभुवन विमानस्थलबाट ५५ किलो गाँजा र बलम्बुबाट २५ किलो चरेस बरामद गरेको छ ।

प््रहरीका अनुसार काठमाडौँको बलम्बुबाट पच्चीस किलो चरेससहित दुई जनालाई पक्राउ गरेको हो । चरेस करोबार गरिरहेको बेला उनीहरू पक्राउ परेका हुन् ।

चरेस कारोबरीे धादिङ गल्छीस्थित कोइलीखर्कका भीमबहादुर तामाङ र सोही ठाउँका कान्छा तामाङलाई प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले भने, “सुराकी पाएपछि गए राति नै टोली परिचालन गरिएको थियो । उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।”

यसैबीच अमेरिकाबाट पार्सल गरी ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको थपलियाले जानकारी दिए ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ४ : ०२ बजे