९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दोलखाबाट आएको एम्बुलेन्स कोटेश्वरमा दुर्घटना



३० मंसिर । दोलखाको कालिन्चोक गाउँपालिका– २ बाबरेमा सञ्चालित प्रदेश–३–०१– ०२३ च ४७०५ नम्बरको एम्बुलेन्स कोटेश्वरमा दुर्घटना भएको छ।
गजेन्द्र स्मृति फाउन्डेसनबाट सञ्चालित एम्बुलेन्स दोलखाबाट बिरामी बाकेर काठमाडौं आएको थियो। सोही क्रममा विपरीत दिशाबाट आएको कारसँग एम्बुलेन्स ठोक्किएको थियो।
दुर्घटनामा मानवीय क्षति भएको छैन। तर, एम्बुलेन्सको अगाडिको भाग क्षतिग्रस्त बनेको छ। ठक्करपछि कारचालक फरार भएको ट्राफिक प्रहरी प्रभाग कोटेश्वरले जनाएकाे छ  ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ४ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।