११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


हनुमानढोकामा प्रहरीको भग्नावशेष भवनको लाजमर्दो दृश्य,भत्काउने अभियानमा सम्पदाप्रेमी



ललितखबर
४ पुस । २०७२ सालको भुकम्पले काठमाडौंको हनुमान ढोका क्षेत्रमा दर्जनौं सम्पदा भत्किए । यो संगै काठमाडौं प्रहरी परिसरको भवनले पनि भत्कियो । सरकारले सबैजसो मठमन्दिर र दरवारको पुर्ननिर्माण ग¥यो तर हनुमानढोका दरवारपरिसरमा काठमाडौं प्रहरी परिसरको भवन लथालिंग छ ।
यो भत्केको भवनको भित्तामा झारपात उम्रेका छन् । बर्षेझरिले भित्ताहरु कालो बनेको छ ।
नेपाल भ्रमणमा आएको अनगिन्ती पर्यटक यो ठाँउ घुम्ने क्रममा भताभुङ्ग भवन हेरेर जान्छन् । भुकम्पले भत्केको यस भवनले हाम्रो सरकारी उदासिनता मात्रै होइन नेपालीहरुको असक्षमता प्रर्दशन गरिरहेको छ ।
सम्पदा बचाउ महाअभियान सञ्चालन गरिरहेका यादवलाल कायस्थ विश्व सम्पदा सूचिमा रहेको यस क्षेत्रमा क्रंक्रिट भवन राख्न नहुने बताउछन् । ‘भवन भत्केर लाजमर्दो भएको छ । यसलाई हटाउन पहल गरिरहेको छु ।’ भन्छन्, ‘हाम्रो सम्पदा संरक्षणको काम कसैले गर्दैन । भट्दा हुन्छ भन्छन् । काम गर्दैनन् ।’
सम्पदा बनाउन भवन भत्काएर खाली गराउन उनीसँगै इन्द्र डंगोल, प्रशान्त श्रेष्ठ र सुरज महर्जन सँगसँगै दौडधुप गरिरहेका छन् । केही समयअघि नेतृ मानुषि भट्राईलाई सम्पदा क्षेत्रमा निरिक्षण गराएर समस्या राखेका थिए ।

कायस्थको टिम पछिल्लो समय राजनीतिक नेतृत्वसँग भेटघाट गरेर सम्पदा क्षेत्रमा क्रकिट भवन खाली बनाउन काम गरिरहेका छन् । पर्यटन तथा संस्कृती मन्त्री भवन भत्काएर सम्पदा क्षेत्र खाली गराउन सहमत रहेको बताउदै कायस्थ भन्छन्, ‘हामी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर कुरा गर्ने पक्षमा छौं ।’
चार रोपनी क्षेत्रमा फेलिएकार भवन अगागि सम्पदा क्षेत्रमा पुराना मोटरसाइकल गोदाम गरेर राखिएको दृश्य देखिन्छ । यहाँ प्रहरीका टिनका छाना भएका टहरा पनि छन् ।
नेपाल सरकारले २०१५ सालमै बनाइएको थियो । प्रहरीसँग लाजपुर्जा रहेको हुँदा भत्काउनु नहुने प्रहरीले जिद्दी गरिरहेको उनी गुनासो गर्छन् । भन्छन्, ‘विश्व सम्पदा क्षेत्रमा चोर डाकालाई ल्याउने मात्रै होइन । प्रहरीका खाध्यान्न बोक्ने गाडीसँगै प्रहरीहरुको भीड हुन्छ । पर्यटकहरुलाई घुमफिर गर्न असर परेको छ ।’
कायस्थ सम्पदा क्षेत्र बनाउन यस क्षेत्रका जनताले स्वतःस्फुत ढंगले जुटेर भत्काउन सहयोग गर्नु पर्ने बताउछन् ।

पछिल्लो समय काठमाडौं प्रहरी परिसर टेकुमा सरेको छ । प्रहरी कार्यालय नहुँदा टहरामा कार्यालय खडा गरेर काम गरिरहनु परेको प्रहरी अधिकारीहरुले दुखेसो पोख्ने गरेका छन् ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ६ : ४१ बजे