५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरूले पशुपतिनाथ मन्दिर परिसर क्षेत्रमा प्रदर्शन गरेका छन् ।
क्रिसमस फेस्टिभलमा बोल्दै मन्त्री किरातीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै पशुपतिनाथ मन्दिर परिसरमा प्रदर्शन गरिएको छ । जथाभावी बोल्दा मन्त्री किराती विवादित बनेका छन् ।
प्रदर्शनकारी संघसंगठनले मन्त्री किरातीको राजीनामा मागेका छन् । विरोध प्रदर्शनमा ‘गैरजिम्मेवार मन्त्री बर्खास्त गर, सुदन किराती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरिएको छ ।
मन्त्री किरातीले सार्वजनिक कार्यक्रममा क्रिश्चियनलाई नमान्नेहरू संविधान विरोधी भएको र उनीहरूलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
प्रतिक्रिया