२३ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुर सुर्यविनायक बस्ने प्रदिप ठगी आरोपमा पक्राउ



६ पुस । पोल्याण्ड पठाइदिन्छु भनेर १ लाख ८० हजार ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकुटाको उपमहानगरपालिका-७ घर भई हाल भक्तपुरको सुर्यविनायक नगरपालिका-१३ बालकोट बस्ने २५ वर्षीय प्रदिप बुढाथोकी छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार उनलाई बानेश्वरबाट पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार बुढाथोकीले वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भनी कल्पना विश्वकर्मालाई पटकपटक गरी १ लाख ८० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।

उनले पोल्याण्डमा मासिक १ लाख २० हजार कमाई हुने र त्यसका लागि सात लाख ५० हजार रूपैयाँ लागत लाग्ने भनेका थिए। १ लाख ८० हजार बुझेर प्रदीप सम्पर्कविहीन भएपछि कल्पनाले प्रहरीमा उजुरी दिएकी थिइन्।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ३ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।