८ पुस । प्रहरीले अफलाइन पठाओ र इनड्राइभ चलाउने मोटरसाइकल राइडरलाई नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरी परिसरको टोलीले ४८ जना मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको हो ।
शनिबार र आइतबार गरेर उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका केही चालकमाथि अभद्र मुद्दामा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी प्रहरीको छ । अफलाइनमार्फत् यात्रुहरुसँग पैसाको बार्गेनिङ गर्ने, हैरानी दिनेलगायतको गुनासो आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । केही राइडर भने मोटरसाइकल नै छाडेर भागेका छन् ।
प्रहरी कुल ७५ वटा मोटर साइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया