२३ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेमा गाडी दुर्घटना हुँदा ९ जना घाइते



८ पुस । काभ्रेमा यात्रु बोकेको इलेक्ट्रिक गाडी दुर्घटना हुँदा नौजना घाइते भएका छन्। पनौती नगरपालिका–५ सुन्दरबस्तीस्थित बिपि राजमार्ग सडख खण्डमा सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०४–००१ज ००११ नं. को इलेक्टिक गाडी आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा हाल नाम थर वतन नखुलेका ९ जना यात्रु घाइते भएका छन् जसमा ३ जना महिला र ६जना पुरुष रहेका छन्।

घाइतेलाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उक्त स्थानमा प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली खटि गएको छ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ४ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।