११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीको नागार्जुन र बाफलमा आगलागी



१० पुस । राजधानीको नागार्जुन र बाफलमा आगलागी भएको छ ।
प्रहरीका अनुसार महानगरपालिका १३ बाफल सोल्टी दोवाटो बस्ने ५५ वर्षीय रबिन ताम्राकारको घरमा रहेको अटो सेन्टरमा करेन्ट सर्ट भई सोमबार राति आगलागी हुँदा विद्युतीय गाडीको ८ वटा ब्याट्रीहरू जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका ६ रामकोटस्थित सडकमा बेष्ट मण्टेश्वरी बोर्डिङ स्कुलको बा.३ च ६४२२ नम्बरको सुजुकी मारूती भ्यानमा सोमबार दिउँसो आगलागी हुँदा भ्यान पूर्णरूपमा जलेर नष्ट भएको छ ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ३ : १९ बजे