२६ माघ २०८२, आइतबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कलाकार शाह राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि सिफारिस



११ पुस । नेपाली कांग्रेसको बागमती प्रदेश समितिले चलचित्रका कलाकार, निर्माता तथा निर्देशक नीर शाहलाई राष्ट्रियसभा सदस्य पदको उम्मेदवारका लागि सिफारिस गरेको छ । उम्मेदवार बन्नका लागि ९० जना आकांक्षीले नाम टिपाएकोमा बागमती प्रदेश समितिले शाहको नाम समेत समावेश गरी ९१ जनाको नाम पठाएको छ ।

पार्टीको केन्द्रीय समितिले प्रदेश समितिबाट नामावली सिफारिस गर्न बुधबारसम्मको समय दिएको थियो । राष्ट्रियसभा अध्यक्षसहित रिक्त हुन लागेका २० सिटका लागि राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।