३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पुरानो बानेश्वरमा ढल खन्ने क्रममा पुरिएका मजदुरको उद्दार



११ पुस । काठमाडौं–९, पुरानो बानेश्वरमा ढल खन्ने क्रममा पुरिएका मजदुरको प्रहरीले उद्दार गरेको छ । मंगलबार मध्यराति ११ः४६ बजे पुरानो बानेश्वरदेखि सेतो पुल जाने बाटोको पेटीमा ढल निर्माण हुँदै गर्दा अचानक माटोको ढिस्को झरेर पाँचथरका २५ वर्षीय योगेन्द्र लिम्बु पुरिएका थिए । लगत्तै प्रहरी वृत्त, गौशालाबाट गएको टोलीले उनलाई उद्दार गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । उद्दारपछि उपचारका लागि उनलाई फ्रन्टलाइन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ३ : ३९ बजे