२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा जुवाको खालबाट १० जना पक्राउ



१२ पुस । प्रहरीले काठमाडौंबाट जुवा खेलिरहेको आरोपमा १० जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१३ तहाचलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं महाराजगञ्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भवनमा रहेकाे हिमालयन हाइट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसमेत १० जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त कालीमाटीबाट गएको प्रहरीले उनीहरुको साथबाट ५५ हजार तीन सय नेपाली रुपैयाँ, आठ हजार भारतीय रुपैयाँ र एक बुक तास बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ४ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।