२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बालकुमारी घटनाः थप एक जनाको मृत्यु, मृतकको संख्या दुई पुग्यो



१३ पुस । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले ललितपुरको बालकुमारीमा गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यसअघि झडपका क्रममा २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । किस्ट अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
यसअघि प्रहरीले राउतको गोली लागेर मृत्यु भएको बताए पनि अस्पतालले जाँच गर्दा गोली लागेको नदेखिएको बताएको छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १० : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।