३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ग्वार्को घटनाबारे छानबिन गर्न समिति गठन



१३ पुस । ललितपुरको ग्वार्कोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडी जलाएपछि उत्पन्न परिस्थितिबीच २ जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ।

गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए। समितिमा डीआईजी आचार्यसँगै ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक बासु सिग्देल छन्।

मन्त्रीको गाडी जलाएपछि उत्पन्न स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली समेत चलाएको थियो। उक्त घटनामा सुजन रावत र वीरेन्द्र शाह नाम गरेका दुई युवाको मृत्यु समेत भएको छ।

मन्त्री ज्वालाले प्रयोग गर्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी भएको थियो।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १ : ३८ बजे