११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा सांस्कृतिक सम्पदा पदयात्रा



भक्तपुर
१४ पुस । भक्तपुर आउने स्वदेशी तथा विदेशी पर्यटकलाई ऐतिहासिक सम्पदा बाहाः बहीहरुको जानकारी दिने उद्देश्यले सांस्कृतिक सम्पदा पदयात्रा आयोजना गरिएको छ । भक्तपुर नगरपालिकाले आयोजनामा
‘बाहाः बही चिनौँ, सम्पदा संरक्षण गरौँ’ भन्ने नाराका आज पाँचतले मन्दिर क्षेत्र टौमढीमा नगरप्रमुख सुनिल प्रजापतिले पदयात्राको उद्घाटन गरे ।
भक्तपुरका कतिपय सम्पदामा अझै पर्यटक पुग्न नसकेका कारण स्वदेशी मात्रै नभई विभिन्न देशबाट भक्तपुर भ्रमणमा आउने पर्यटकलाई यहाँका सम्पदाको थप अवलोकन गराउने उद्देश्यले पदयात्रा आयोजना गरेका मेयर प्रजापतिलेण्े बताए ।
पदयात्रा नगरको ५ टौमढीबाट सुरु भई अखण्डशील महाविहार (बुलुचा), जेतवर्ण (तेखाचो), बौद्ध समंकृत (कुथुबही), जयकिर्ति (थथुबही), जेष्ठवर्ण (इताछेँ), लोकेश्वर (कुश्क्व), चर्तुब्रम्ह (साकोथा), यालाछेँ बही (यालाछेँ), सुवर्ण (सुकुलढोका), मन्जुवर्ण (बेखाल), प्रशन्नशील महाविहार (क्वाठण्डौं), दिपंकर (क्वाठण्डौं), कुलरत्न (क्वाठण्डौं), धर्मकिर्ति (क्वाठण्डौं), आदिपद्य (सूर्यमढी), खुसीबह (खोह्रे), मुनिबिहार (खँचा), इन्द्रवर्ण (इनाचो) र झौरबही (गोल्मढी) हुँदै १९ वटा बाहाः बहीहरुको परिक्रमा गरी भनपा–७ यातामा पुगेर समापन भएको थियो ।

समापन कार्यक्रममा सङ्घीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाले ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै आएको बताउँदै यस्ता कार्यक्रममा विश्वभरका पर्यटकलाई भक्तपुरमा आकर्षित गर्न टेवा पुग्ने बताए ।

नगरपालिकाका उपप्रमुख रजनी जोशी, डा पुष्परत्न शाक्य, वडाध्यक्षहरु योगेन्द्रमान विजुक्छेँ र रवीन्द्र ज्याख्वालगायतले भक्तपुरको सम्पदा विश्वमा पहिचान बन्दै गएको बताइन् ।

 

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  २ : ३२ बजे